कांग्रेस जिल्ला सभापतिहरुको भेला सुरु

0
113

काठमाडौं, २१ असार/नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला काठमाडौंमा सुरु भएको छ । भेलामा कांग्रेसको जिल्ला कार्यसमितिका सभापतिहरु सहभागी भएका छन् ।

सभापतिहरुलाई स्वागत गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय सरकार, ६ वटा प्रदेश सरकार र ३२९ वटा स्थानीय सरकारको नेतृत्वमा कांग्रेस रहेकाले काम गरेर देखाउनुपर्ने बताए । उनले उपनिर्वाचनको परिणामबाट निराश र अलमलमा पर्न नहुने पनि बताए ।

महामन्त्री शर्माले दशैं अघि नै पार्टीको नीति महाधिवेशन गर्ने तयारी भइरहेको पनि बताए । २७ असारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकले नीति महाधिवेशनको निर्णय गर्ने भन्दै उनले केन्द्रीय समिति बैठकअघि भएको जिल्ला सभापतिको भेला अर्थपूर्ण हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here