प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता 

0
126

काठमाडौं, २० असार/नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुसेन हाशमीले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा बुधबार शिष्टाचार भेटवार्ता भएको हो ।
 
भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

“यस किसिमको भेटले दुई देशबीच रहेको सम्बन्ध थप सुमधुरप्रभुराम शर्मा एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,” निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here