पेस्तोल र गोलीको खोकासहित एक पक्राउ

0
146

महोत्तरी, २० असार/महोत्तरीबाट पेस्तोल र गोलीको खोकासहित एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका–१, लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डल रहेका छन् । उनको साथबाट प्रहरीले पेस्तोल एक थान र गोलीको खोका तीन थान बरामद गरेको छ । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका–१, बसबिट्टी बजारमा कौशलले पेस्तोलबाट गोली प्रहार गर्दा सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादव घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो । 

घाइते यादवको जानकी एकेडेमी हस्पिटल पर्सादेवाड रामगोपालपुर हुँदै जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here