हेटौडा, १७ असार/वागमती प्रदेशसभाको बैठक बस्दैछ ।
प्रदेशसभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।
गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने वागमती सरकारले जनाएको छ ।
सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरेपछि ३ दिनका लागि स्थगित गरिएको थियो । उनीहरूले विनियोजन बजेट सन्तुलित नभएको आरोप लगाउँदै आएका छन् ।
तर, आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार प्रतिबद्ध रहेको देखिएको छ ।