हेटौंडा उपमहानगरपालिका बजार क्षेत्रको सडक बिस्तारमा जनप्रतिनिधी एकमत

0
291

हेटौँडा, १६ असार/हेटौँडामा विगत ६ बर्षदेखि चर्चामा रहेको २५ मिटर सडक विस्तार अभियानमा हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधीहरुको एक मत देखिएको छ ।

उपमहानगरपालिकाको शनिबार सम्पन्न १३ औं नगरसभाको दोस्रो वैठकले सडक विस्तार कार्य गर्न सर्वसम्मत निर्णय गरेको हो । शनिबार बसेको १३ औँ नगरसभाको दोस्रो वैठकमा सहभागी भएका १९ वडाका सम्पूर्ण जनप्रतिनिधिले उठेर तालि बजाएर सर्वसम्मतरुपमा सडक विस्तार गर्ने निर्णय गरेको उपमहानगरका प्रवक्ता हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपानेले बताएका छन् ।

नगरप्रमुख मीनाकुमारी लामाले सडक बिस्तारको बिषयलाई सभामा प्रवेश गराउँदै हामि एक मतका साथ उभिन सकेनौं भने, हेटौंडा बजारको भविष्य सकिने बताएसँगै जनप्रतिनिधीहरुले बिस्तार आवश्यक रहेको बताएका थिए । सडक बिस्तारको अभियानमा आफुहरुपनि सँगैसँगै रहेको भन्दै उपमहानगरका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरुले उठेर एकमतले तालि बजाउँदै समर्थन जनाएका हुन् ।

हेटौंडा बजार बिस्तार आवश्यक रहेको उपप्रमुख राजेश बानियाँले बताए । उनले साधुरो सडकका कारण बजारको शौन्दर्यतामा कमि आइसकेको थियो, दुर्घटनाको जोखिम बढ्दै गर्दा बाहिरी जिल्लाका सहरहरुमा आक्रषक सडक बन्ने क्रम रहँदा हामिपनि यो अवसरबाट बाहिर जान हुँदैन भन्ने पक्षमा रहेको उनले बताए । हामि सबैको सहकार्य र आवश्यक समन्वयमा सडक बिस्तारको काम हुनुपर्ने उनको भनाई थियो ।

सडक विस्तार पछि उत्पन्न हुने समस्या र व्यवसायीहरुको व्यवस्थापन, क्षतिपूर्तिका लागि उपमहानगरले सम्बन्धीत निकायलाई पहल र समन्वय गर्ने प्रवक्ता न्यौपानेले जनाएका छन् । 

यता डिभिजन सडक कार्यालयले हेटौंडाले असार १० गते हेटौँडा बजार क्षेत्रमा सडकको २५ मिटर भित्र पर्ने घरटहार र संरचना हटाउन ३५ दिने सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेको थियो । २०७४ सालमा सुरु भएको अभियान अदालतको स्टे अर्डरमा रोकिएको थियो ।

यता सडक विस्तार अभियान राजनैतिक दलहरुको मतको मसला बन्दै आएको छ ।  सडक विस्तार अभियानका फरक फरक तर्क आउने गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here