मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

0
158

वीरेन्द्रनगर, १३ असार/सुर्खेतको  वीरेन्द्रनगरस्थित घण्टाघर चोकमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । घण्टाघर चोकबाट कपासेतर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगर–७ बस्ने ५० वर्षीय टिका सुनारको मृत्यु भएको हो ।

कर्णाली प्रदेश ०२ ००१ प ४७६१ नम्बरको मोटरसाइलको ठक्करबाट गम्भीर घाइते सुनारको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृतक सुनारको शव प्रदेश अस्पतालमा राखिएको छ । 

चालक महावु गाउँपालिका–६ का ३३ वर्षीय तेजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here