च्याउ खाँदा नौ जना बिरामी

0
142

पाँचथर, १३ असार/पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् ।

कुम्मायक गाउँपालिका–१ भदौरेमा हिजो विषाक्त च्याउ खाएका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यस्तै, फिदिम नगरपालिका–११ लक्सीबोटेमा विषाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here