सर्पले डस्दा किशाेरीकाे मृत्यु

0
288

दाङ, १० असार/दाङकाे तुलसीपुरमा सर्पले डस्दा एक किशाेरीकाे ज्यान गएकाे छ । 

तुलसीपुर उपमहानगरपालिका-१२ हरिपौरीकी १३ वर्षीया दक्षिणा वलीको सर्पले डस्दा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

वलीलाई घरमा सुतिरहेको समयमा हिजाे दिउँसो सर्पले डसेको भए पनि राति ९ बजे मात्रै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएकाे थियाे ।

उनलाई थप उपचारका लागि नेपालगञ्जकाे भेरी अस्पताल पठाइए पनि आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here