चट्याङ लागेर एकको मृत्यु

0
181

पोखरा, १० असार/शनिवार राति चट्याङमा परेर पोखरा महानगरपालिकामा एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायबा उपरीक्षक श्रवणकुमार बिकका अनुसार राति साढे ११ बजेतिर चट्याङ लागेर पोखरा–२३ हर्पनका ४९ वर्षीय  देवबहादुर बिकको मृत्यु भएको हो।

ढुङ्गा र माटोले बनेको एक तले कच्ची घरको ढोका लगाउने क्रममा उनी चट्याङ लागेर बेहोश भई ढलेका थिए। तत्कालै अस्थायी प्रहरी पोस्ट बाम्दीबाट खटिएको प्रहरीको टोलीले उनलाई उद्धार गरी उपचारक लागि मेट्रोसिटी अस्पतालमा पठाएको थियो। 

उपचारकै क्रममा राति साढे दुई बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको कास्की प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here