काठमाडौं, ८ असार/गोरखा मनकामनामा बेहुली लिएर फर्किँदै गरेको जन्ती सवार बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
छिरिङकोटबाट बेहुली लिएर आउँदै गरेको जन्ती चढेको बोलेरो जीप शुक्रबार बिहान करिब ३ दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् ।
शहीदलखन गाउँपालिका- ३ पात्लेखोलामा प्रदेश ३-०१-०२३ च ४४२७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।
गोरखा प्रहरी प्रवक्ता डीएसपी लीलाराम लामिछानेका अनुसार घटनास्थलमा ४ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य यात्रुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ ।