प्रमुख दलहरूको संयुक्त सरकार गठनमा ढिला नगरौँ: पूर्व प्रधानमन्त्री भट्टराई

0
459

काठमाडौं, ८ असार/पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त सरकार गठनको प्रस्ताव गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै संयुक्त सरकार गठनको प्रस्ताव गरेका हुन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराईले पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्नुपर्ने धारणा राखे ।

‘गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर छैन ! विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्य/अदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण/भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्,’ उनले भनेका छन्, ‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन गर्नु ठीक होला कि ?’

उनले थप जटिल बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्नु उपयुक्त विकल्प हुने बताए । नत्र समयले कसैलाई नपर्खने उनको तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here