काठमाडौं, ७ असार/आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
जिम्बाब्वेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबको मैदानमा टस जितेर कप्तान रोहित पौडेलले पूर्व विजेतासमेत रहेको बलियो टोली वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएका हुन् । दुवै टेलीले टीममा कुनै परिवर्तन गरेका छैनन् ।
नेपालले वेस्ट इन्डिजसँग कुनैपनि खेलमा पहिलो पटक खेल्न लागेको हो । चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजमा विश्व स्तरिय टि२० ब्याटरको बाहुल्यता छ । तर, वेस्ट इन्डिजलाई स्तब्ध पार्दै नेपाल आज ऐतिहाासिक जितको खोजीमा छ ।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी रहेका छन् ।