अनिल केशरी शाह रास्वपा प्रवेश

0
262

काठमाडौं, ७ असार/अनिल केशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

उनले आजै (बहीबार) विहान पार्टी प्रवेश गरेको रास्वपाले जनाएको छ । शाहले पार्टी प्रवेश गरेसँगै जिम्मेवारी पनि दिइएको छ । उनलाई रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मा दिइएको हो ।

उनलाई पार्टी प्रवेश गराएसँगै उक्त विभागको प्रमुखको जिम्मा दिएको सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here