हेटौंडाको विभिन्न स्थानमा सोमवार दिनभर ‘नो लाइट’

0
310

हेटौंडा, ४ असार/हेटौँडाको विभिन्न स्थानमा आज सोमवार दिनभर लाइन जाने भएको छ। 

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म विद्युत कतौटी हुने जनाएको छ।

नेपाल  विद्युत प्राधिकरण कमाने सव स्टेसनअन्तर्गत एचआईडि फीडर, पदमपोखरी फीडर, रंगशाला फीडरको मनकामना चोक, तालिम केन्द्र, ओमनगर, श्रमिक टोलमा दिनभर लाइन जाने केन्द्रले सुचना प्रकाशित गर्दै जानकारी गराएको छ।  

कमाने सव स्टेसनमा रहेको १३३ केभि प्रशारण लाइनको तार परिवर्तन गर्ने काम भएकाले अपरान्ह ४ बजेसम्म विद्युत कतौटी हुने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here