काठमाडौं, १ असार/सत्तारूढ दल नेकपा (माआवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन नेपाल फर्किएका छन् । लामो समययता चीनमा उपचाररत वर्षमान स्वास्थ्य सुधार भएपछि शुक्रबार नेपाल फर्किएका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका वर्षमान त्यसअघि पनि चीनमै उपचार गराएर फर्किएका थिए । तर, पुन: वंशानुगत जन्डिस बल्झिएपछि उनी चीन गएका थिए ।
उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो । उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन् ।