बागमती प्रदेशः विभिन्न क्षेत्रमा बजेट विनियोजन

हेटौँडा १ असार/बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट सुरु भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले बजेट भाषण जारी राखेका छन् ।

बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्षको लागि भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि २१ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ ।

त्यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि १२ करोड २५ लाख र कर्रा करिडोर निर्माणको लागि १५ करोड रकम विनियोजन गरेको छ ।

त्यस्तै अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि ५ करोड विनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here