राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा वैरागीले लिए शपथ

0
179

काठमाडौं, ३२ जेठ/नवनियुक्त राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार शंकरदाश वैरागीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले वैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार पदको शपथ खुवाएका हुन्।

निवर्तमान मुख्यसचिव समेत रहेका वैरागीले आफ्नो कार्यकाल नसकिँदै आज पदबाट राजीनामा दिएका थिए ।

आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीको राजीनामा स्वीकृत गर्दै वैकुण्ठ अर्याललाई मुख्यसचिव र वैरागीलाई सुरक्षा परिषद्को सल्लाहाकार नियुक्त गरेको थियो । वैरागी नेपालका २५ औं मुख्यसचिव हुन् । अब उनले सुरक्षा परिषद्मा मन्त्रिस्तरीय सुबिधा प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here