एजेन्सी, ३२ जेठ/महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज बिहीबार नेपाल र भारत ‘ए’ प्रतिस्पर्धा गर्दैछन्। हङकङमा भइरहेको यो प्रतियोगिताको नेपाल र भारत ‘ए’ बीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेबाट सुरु भएको छ।
हङकङको मोङ्ग कोस्थित मिसन रोड ग्राउण्डमा खेल सुरु भएको छ।
नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको थियो। समूह ‘ए’ मा रहेको नेपाल पाकिस्तान ‘ए’सँग ९ रनले पराजित भएको थियो।
जसकारण नेपाल आज भारतविरुद्ध उत्रिदा पहिलो जितको खोजीमा हुनेछ। भारतले भने आफ्नो पहिलो खेलमै हङकङलाई हराएको थियो।
समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र हङकङ छन्। समूह ‘बी’ मा हङकङ, श्रीलंका, युएई र माल्दिभ्स छन्।