बागमती प्रदेश सभाको बैठक बस्दै आज: चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक हुने कार्यसूचि

0
283

हेटौंडा, ३२ जेठ/आज दिउँसो २ बजे बागमती प्रदेशसभाको बैठक बस्दैछ । आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक हुने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आर्थिक सर्वेक्षण पेस गर्ने सचिवालयका प्रमुख सचिव कृष्णहरी खड्काले जानकारी दिए ।

यस्तै प्रदेश सरकारले भोली असार १ गते प्रदेशको आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट पेश गर्ने कार्यसूचि पनि रहेको छ ।

बुधबार दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर आगामी असार १ गते प्रस्तुत हुने सरकारको आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा कार्यसूची तयार पारेको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here