घोराही सिमेन्टको आईपीओ आजदेखि खुला

0
211

काठमाडौं, ३२ जेठ/घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा ३ सय २५ रुपैयाँ प्रिमियम थपेर प्रति सेयर ४ सय ३५ रुपैयाँ सेयर निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीका अनुसार सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरिनेछ । कम्पनीले स्थानीयलाई ३ लाख ९७ हजार १ सय ९० कित्ता निष्काशन गरेकोमा कुल ७७ हजार २ सय ९० कित्ताको लागि मात्र आवेदन परेको थियो ।

बिहीबारदेखि कम्पनीले जारी गरेको आईपीओमा असार ४ गते र ढिलोमा असार १४ गतेसम्ममा आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

घोराही सिमेन्ट इन्डस्ट्रि पश्चिम नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योग हो । कम्पनीको मुल उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ३ लाख ५३ हजार ५०० मेट्रिक टन रहेको छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ४० हजार, पीपीसी सिमेन्ट क्षमता ३ लाख ३० हजार र पीएससी सिमेन्ट क्षमता ५० हजार मेट्रिक टन रहेको छ । त्यस्तै, इकाई उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ५ लाख ८५ हजार ९०० मेट्रिक टन रहेको छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ९० हजार, पीपीसी सिमेन्ट क्षमता १ लाख २० हजार र पीएससी सिमेन्ट क्षमता ९० हजार मेट्रिक टन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here