५४ लाख बराबरको अबैध सुनसहित एक युवक पक्राउ

0
231

हेटौंडा, ३१ जेठ/मकवानपुर प्रहरीले ५४ लाख बराबरको अबैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले बुधवार बिहान पत्रकार सम्मेलनमा करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अबैध सुनसहित एकजना युवालाई नियन्त्रणमा लिएको जनाएको हो । 

३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा हेटौंडा आउदै गरेको प्रदेश २–०३–००१ ख् ०१५९ नम्बरको बसमा उक्त सुनसहित एक युवकलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बामदेव गौतमले बताएका हुन् ।

पक्राउ  पर्नेमा विरगन्ज १६ का २२ वर्षीय किसन साह रहेको र उनले जुत्ताको नोकभित्र ५६१.३० ग्राम सुन सुन लुकाएको अवस्थामा समातिएको जनाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here