हेटौँडा, ३१ जेठ/जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्यका लागि स्मार्ट कन्ट्रोल रुम संचालनमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालयमा बुधबार बिहान एक कार्यक्रमको आयोजना गरी मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले स्मार्ट कन्ट्रोल रुमका्े उदघाटन गरेका हुन् ।
स्मार्ट कन्ट्रोल रुम उदघाटन गर्दै उपरीक्षक गौतमले स्मार्ट कन्ट्रोल रुमको सुरुवात भएपछि प्रहरी कन्ट्रोलमा फोन नलाग्ने, घटनास्थलमा समयमै प्रहरी नपुग्ने जस्ता जनगुनासोको अन्त्य हुने बताए ।
सुचना प्रविधिको पहुचको विस्तार भएसँगै मकवानपुरमा हुने घटना,दुर्घटनामा प्रहरीको छिट्टै उपस्थिती रहन सहयोग पुगोस भनेर मकवनापुर प्रहरीको नयाँ प्रविधिसहित स्मार्ट कन्ट्रोल रुमको थालनि गरेको गौतमले बताए ।
प्रहरी उपरीक्षक गौतमले हाललाई ३ वटा फोन र कम्प्युटरसहित रुमको सुरुवात गरिएको र केही दिनमा यससँग सम्बन्धीत एपबाट थप सेवा सुरु गरिने बताएका छन् । उदघाटन कार्यक्रममा प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमबाट हुने फाइदा र यसको प्रयोगको बारेमा जानकारी गराएका थिए ।
प्रहरी निरीक्षक केसी काठमाडौँ प्रहरी परिसरमा सुरु भइरहेको यस रुमको मकवानपुरमा पनि सुरुवाग गरिएको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्काी ,मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आर्चाय, प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको उपस्थिती रहेको थियो ।