काठमाडौं महानगरले लगायो २ स्वास्थ्य संस्थामा ताला

0
379

काठमाडौं, ३१ जेठ/काठमाडौं महानगरपालिकाले कानून विपरितको कार्य गरेको भन्दै २ स्वास्थ्य संस्थामा ताला लगाएको छ ।

महानगरपालिकाका मेयर बालेन शाहका अनुसार काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रचलित कानून, मापदण्ड अनुसार असाहय विपन्न सहित लक्षित वर्गहरुलाई कूल शैयाको १० (दश) प्रतिशत निःशुल्क उपचार गर्नुपर्नेलगायतका स्वास्थ्य संस्था सुधारको लागि काठमाण्डौ महानगरपालिकाले २०८०-०२-०६ मा सार्वजनिक सूचना जारी गरेपनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (४) ख २ अनुसार नागरिकले अनुभूत गर्ने गरी काठमाण्डौ महानगरपालिकाबाट भएको अनुगमनको क्रममा त्यसतर्फ व्यवहारिक प्रयत्न भएको नपाइएको र सरकारी अस्पतालमा समेत सरसफाई, सेवाप्रवाह अस्तव्यस्त पाईएपछि काठमाण्डौ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका गैरकानूनी ढंङ्गबाट सञ्चालन भएको २ (दुई) वटा स्वास्थ्य संस्था बन्द गरेको बालेनले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

महानगरपालिकाले यसअघि यही जेठ ६ गते असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत निस्शुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो ।

तर,अनुगमनका क्रममा कानून अनुसारको सेवा नदिएको र अस्तव्यत रहेको पाइएपछि बन्द गरिएको मेयर शाहले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here