हेटौंडा, ३१ जेठ/स्पाइनल इन्जरी भएका व्यक्तिहरु र सहयोगीहरु समेतको क्षमता विकास तथा अधिकार सम्बन्धि जिल्लास्तरीय जानकारी मुलक कार्यक्रम भएको छ । संस्थाका अध्यक्ष बद्रीबिक्रम थापाको अध्यक्षतामा बागमती प्रदेश सदस्य तथा पुर्व श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको मुख्य आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, सामाजिक विकास मन्त्रालयबाट चन्दा कुमारी व्यन्जनकार, अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष आश्विन लम्साल, अपाङ्ग स्वावलम्बन जीवन पद्धती केन्दका अध्यक्ष दील बहादुर स्याङबोलगाएतकाको सहभागीता रहेको थियो ।
कार्यक्रममा स्पाइनल इन्जरीभएका १४ जना व्हीइलचेयर प्रयोगकर्ताहरु र उनका सहयोगीहरुको काम कर्तव्य र सहयोगहरुका बारेमा चर्चा भएको थियो ।
कार्यक्रममा ३२ जना सहभागी रहेका थिए । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री श्रेष्ठले मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुलाई मेरुदण्ड पक्षघात सम्वन्धी जानकारी गराउनुको साथै उनीहरुलाई शारीरिक, मानसिक, आर्थिक तथा सामाजिकरुपमा सक्रिय र स्वावलम्वन बनाउन राज्यले भुमिका खेल्नुपर्नेमा जोड दिएक थिए ।