काठमाडौं, ३० जेठ/प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई युद्धअपराधमा मुद्दा चलाउन माग गर्दै दायर रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । छैटौँ नम्बरमा रहेको रिट सुनुवाइ हुने/नहुने भने टुंगो छैन ।
संयुक्त राष्ट्रसंघीय निकाय अनमिनको प्रमाणीकरणमा नपरेका बाल लडाकु लेनिन विष्टले दायर गरेको रिटको पहिलो पेशी मंगलवारका लागि तोकिको थियो ।
शुरूमा अदालतले दरपीठ गरिदिएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको आदेशपछि दर्ता भएको थियो ।
सशस्त्र जनयुद्ध गरेका माओवादी घटकले भने प्रचण्डविरुद्ध रिट दर्ता गरेका विष्ट माओवादी जनयुद्धमा सामेल नभएको दाबी गर्दै आएका छन् ।