बकैयामा सिमेन्ट बोकेको ट्रकमा आगलागी

0
323

हेटौंडा, ३० जेठ/धरान चतारा सडक खण्ड अन्र्तगत मकवानपुर बकैयमा गुडिरहेको ट्रकमा आगलागी भएको छ ।

सडकखण्ड अन्र्तगत बकैया–५ तिनतल्ले हेटौंडाबाट सिन्धुलीतर्फ आउदै गरेको ना ७ ख ५०४५ नम्बरको सिमेन्ट लोड ट्रकमा अचानक आगालागी भएको मकवानपुर प्रहरीले जनाएको छ ।

ट्रकको ईन्जिनमा समस्या भई आगलागी भएको र हेटौँडा उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको समयोगमा ट्रकमा लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगलागीबाट ट्रकको अगाडिको भाग र केही सिमेन्ट नष्ट भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here