पोखरा, २८ जेठ/पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका १६ स्थित मोहनदत्त पोख्रेलले सञ्चालन गरेको स्विमिङ पुलमा पोखरा ८ आलुमाइला चोक बस्ने १० वर्षका ऐनक्स थापा पौडी खेल्ने क्रममा डुबेका थिए ।
दिप अस्पताल पोखरामा उपचारका क्रममा उनको मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।