डीएलएको अध्यक्षमा केसी विजयी

0
223

काठमाडौं, २८ जेठ/सत्तासाझेदार दल नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरूको संस्था डेमोक्रयाटिक लयर्स एसोसिएसन (डीएलए)को अध्यक्षमा वरिष्ठ अधिवक्ता सीताराम केसी विजयी भएका छन् । 

एसोसिएसनको चितवनमा सम्पन्न ११औँ महाधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् । उनी पार्टीमा नेता प्रकाशमान सिंह निकट मानिन्छन् । 

आइतबार सम्पन्न मतगणनको अन्तिम परिणामअनुसार केसीले ६५३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनीसहित अध्यक्ष पदमा पाँच जनाले निर्वाचन लडेका थिए । 

जसमा १७७ मतसहित लक्ष्मीदेवी दाहाल रावल दोस्रो, १३० मतसहित केदार कार्की तेस्रो, ५५ मतसहित लक्ष्मण थपलिया चौथो तथा ५३ मतसहित कृष्ण घिमिरे भुषण पाँचौँ भए । 

एसोसिएसनको उपाध्यक्षमा जगन्नाथ ढकाल विजयी भए । ३१५ मतसहित ढकाल विजयी हुँदा निकटतम बनेका चन्द्रमणि अधिकारीले २६४ मत प्राप्त गरे । 

निर्वाचन परिणामअनुसार महिला उपाध्यक्षमा कविता थापा कार्कीले दिन श्रेष्ठलाई हराउँदै विजयी भइन् । कार्कीले ६१९ र श्रेष्ठले ४१२ मत प्राप्त गरिन् । कोसी प्रदेश उपाध्यक्षतर्फ कविता बस्नेत निर्विरोध विजयी भइन् । 

रामनन्द साह मधेस प्रदेशबाट निर्विरोध निर्वाचित हुँदा वाग्मती उपाध्यक्षमा भने जनकराज श्रेष्ठ १४३ मत प्राप्त गर्दै विजयी भए । 

मतपरिणामअनुसार गण्डकी उपाध्यक्षमा भुमिश्वर शर्मा गौतम, लुम्बिनीमा विष्णुप्रसाद धिताल, कर्णालीमा पदमबहादुर शाही र सुदुरपश्चिममा गंगाराम उपाध्याय निर्विरोध निर्वाचित भए । 

एसोसिएसनको महासचिवमा भने ज्ञानेन्द्रप्रसाद अधिकारी विजयी भए । उनले ३९५ मत प्राप्त गर्दा निकटतम बनेका पूर्णप्रकाश बस्नेतले २६३ मत प्राप्त गरे । 

तेस्रो बनेका बाबुराम अर्यालले २२१ मत प्राप्त गर्दा १५६ मतसहित लक्ष्मण आचार्य चौथो भए । ४९ मतसहित सन्जिवकुमार लामा पाँचौँ भए । खुल्ला सचिवमा शिवप्रसाद रेग्मी, महिलामा धनमाया राना विजयी भए । कोषाध्यक्षमा भने हरिबहादुर बस्नेत विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here