तेस्रो मेयर कपको उपाधि हेटौंडा ११ लाई

0
340

हेटौंडा,२७ जेठ/हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न दोस्रो मेयरकप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा ११ ले जितेको छ । 

हेटौंडा ५ स्थित पिप्लेक्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा हेटौंडा ११ ले हेटौंडा–१५ लाई टाइब्रेकरमा हराएको हो । 

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि हेटौंडा ११ ले हेटौंडा १५ लाई ४–३ गोलअन्तरले पराजित गरेको हो । उसका लागी सुवास लामा, किरण तामाङ, अविन लामा र सुदिप लामाले गोल गर्दा हेटौंडा १५ का तर्फबाट ऋषि मोक्तान, रितेश श्रेष्ठ र विरेन लामाले गोल गरे ।

प्रतियोगिताको उपाधि जितेको हेटौंडा ११ ले नगद २ लाख सहित ट्रफि र मेडल प्राप्त गर्दा उपविजेता बनेको हेटौंडा १५ ले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

यस्तै प्रतियोगिताको सेमिफाइनल पुगेका दुई टोली हेटौडा १३ र १४ ले सान्त्वना स्वरुप नगद ५०/५० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिता समापन कार्यक्रमकी प्रमुख अतिथि रहेकी उपमहानगरपालिकाकी प्रमुख मिना लामा र उप प्रमुख राजेश बानियाँले विजयी खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here