हेटौंडा,२५ जेठ/त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका अन्तर्गत सिमभञ्जाङदेखि चित्लाङ बजारसम्म सडक खण्ड बन्द हुने भएको हो ।
उक्त स्थानसम्म सडकखण्ड कालोपत्रे हुने भएकोले केहिदिनको लागि बाटो बन्द गरिएको र बैकल्पिक बाटो प्रयोगको लागि अनुरोध गरिएको जिल्ला ट्राफ़िक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बैकल्पिक मार्गको रुपमा चित्लाङ बजारबाट माजगाँउ हुँदै देउराली,चन्द्रागिरी,थानकोट काठमाडौं रुट प्रयोग गर्नु भनिएको छ ।