
काठमाडौं, २४ जेठ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराएका छन्। गत जेठ १७ देखि २० गतेसम्म भएको भारत भ्रमण दुईपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण रहेको बताए।
उनले भने, ‘मेरो भ्रमण दुईपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण रह्यो। विशेषगरी आर्थिक मामिलामा राष्ट्रको दीर्घकालीन हितमा सम्झौता भएका छन्। राजनीतिक मामिलामा आपसी विश्वास बढाउँदै छलफल र वार्ताद्वारा निकास खोज्ने कुरामा केन्द्रित रह्यो।’
प्रधानमन्त्री प्रचण्डले भारतको हैदरावादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा व्यापार, पारवाहन, लगानी प्रवर्द्धन, ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्सफर्मिसन लाइन, सिंचाई, बाढी तथा डुबान नियन्त्रण, कृषि, सीमा वारपार कन्केटिभिटी बढाउन रेल्वे सेवा सञ्चालनमा कुराकानी भएको बताए। यसका साथै उनले पुल निर्माण, एकीकृत जाँच चौकी सुख्खा बन्दरगाह, पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा छलफल केन्द्रित भएको बताए।
प्रधानमन्त्री प्रचण्डले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि स्टुमेन्डल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने प्रक्रिया सम्बन्धमा भारतीय पक्षसँग गम्भीर छलफल भएको जानकारी दिए।