प्रदेशस्तरीय युवा नमुना संसद अभ्यास सुरु

0
296

हेटौंडा, २४ जेठ/प्रदेश युवा परिषद् बागमतीको आयोजनामा हेटौंडामा मंगलबारदेखि प्रदेशस्तरीय युवा नमुना संसद अभ्यास सुरु भएको छ । प्रदेशभरीका युवाहरुलाई संसदीय अभ्यास सिकाउँने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमको प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले एक कार्यक्रमकाबीच उद्घाटन गरिन । बुधबारको कार्यक्रममा प्रदेशका बिभीन्न जिल्लाबाट आएका युवाहरुका लागि नमुना संसदको अवधारणा र अभ्यास गराइएको छ । 

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले कार्यक्रममा प्रदेश तहमा युवाहरुका सवालहरु, माग, आवस्यक्ता र प्राथमिकताहरुका बारेमा सहजिकरण गरिएको जानकारी गराए ।

उनले नमुना संसदमा युवाहरुलाई लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, बिधेयक निर्माण प्रक्रिया र प्रदेशका संसदीय समितिहरु, व्यावस्थापिका, न्यायपालिका, कार्यपालिका बिचको सम्वन्ध, संसदीय प्रक्रियामा प्रमुख भूमिका खेल्ने पदाधिकारीहरुको चयन लगायतका बिषयमा प्रशिक्षण गराइने बताए ।

उद्घाटन् कार्यक्रममा प्रदेशसभाका सदस्यहरु रत्न प्रसाद ढकाल, प्रेमबहादुर पुलामी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रदेश युवा परिषद्का सदस्य सब्बारानी महर्जन लगायतकाको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here