कांग्रेस महामन्त्री थापा जेठ २९ गते मकवानपुर आउने

0
176

हेटौंडा,२२ जेठ/नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् ।

नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र २ र प्रदेशसभा (ख) को आयोजनामा यहि जेठ २९ गते सोमबार हुने क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री थापा मकवानपुर आउन लागेका हुन् ।

सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्षेत्र नम्बर २ का संघीय सभापती लोकबहादुर मोक्तानले उक्त सम्मेलनमा कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र २ र प्रदेशसभा (ख) को सबै वडाका पदाधिकारी, वडाका प्रतिनिधि र क्रियाशील सदस्यहरुको सहभागितामा रहने बताएका छन् ।

करिब १ हजार जनाको सहभागिता रहने सम्मेलनमा महामन्त्री थापाले मकवानपुर कांग्रेसमा देखिएको समस्या हल गराउन समन्वयकारी भुमिका खेल्न सक्ने क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सभापति रञ्जन कालाखेतीले बताए ।

‘चुनावसम्म हामी कुनै नेताको समूहसँग निकट थियौं होला । चुनाव सक्कियो अब हामी कुनै गुट उपगुट होइन नेपाली कांग्रेस हौं भनेर हिड्न जरुरी छ ।’- कालाखेतीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here