हेटौंडा-१५ बाट लागुऔषधसहित २ जना पक्राउ

0
415

हेटौंडा, १८ माघ/मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही मलङवा नगरपालिका–१० बस्ने १८ वर्षीय राज झा र सोही स्थान बस्ने १८ वर्षीय अनिल कुमार यादव रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७८९६ नम्बरको मोटरसाइकलमा सवार झा र यादवलाई चेकजाँच गर्दा नाइट्राजेपाम १६ पत्ता र ट्याप १० एमजी १६० पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here