यौन दुर्व्यवहार आरोपमा अनाथालय प्रमुख पक्राउ

0
445

कञ्चनपुर, १८ माघ/महेन्द्रनगरस्थित महाकाली बाल अनाथालय प्रमुख शंकर चन्द बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

५० वर्षीय चन्दलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित र अन्य बालिकासँग सोधपुछ गरिरहेको एसपी श्यामसिंह चौधरीले जानकारी दिए ।
स्रोतका अनुसार एक बालिकाको गर्भपतन गराइएपछि घटना बाहिर आएको हो ।

प्रहरीले अनाथालयमा रहेका ५ बालिकासँग मंगलबार नै कुराकानी गरेको छ । बोल्न नसक्ने, प्रतिकार गर्न नसक्ने र नाइँनास्ती गर्न नसक्नेमाथि चन्दले यौनजन्य गतिविधि गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here