हेटौंडा, १८ माघ/उर्जा,जलश्रोत तथा सिंचाइ राज्यमन्त्री दिपक बहादुर सिंहले मकवानपुर जिल्लामा बाँकी रहेको क्षेत्रमा विद्युतीकरणको काम सुरु गर्न पहल सुरु भैसकेको बताएका छन् ।
राप्रपा मकवानपुरले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री सिंहले मकवानपुरको केही भुभागमा अझैपनि विद्युत नपुगेको भन्दै ति स्थानहरुमा विद्युत लगेर उज्यालो बनाउने अभियान सुरु गरिसकेको बताए ।
कार्यक्रममा बोल्दै सिंहले पार्टीको मूल्य मान्यतालाई कुर्सी सँग नसाट्ने पनि दाबी गरेका छन् । राप्रपाले सरकारमा सहभागिता जनाएर विकास गर्ने र पार्टीको विचार र सिद्धान्तलाई पनि थप बलियो बनाउने प्रण गरेको उनको भनाई रहेको छ ।
राज्यमन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला आईपुगेका सिंहले मकवानपुर जिल्लाले संघिय सरकारमा पाएको प्रतिनिधित्वको फाईदा जिल्लाले देख्नेगरी पाउने बताए ।
आफुले निर्वाचनको समयमा मकवानपुरे जनतासँग गरेको बाचा नभुलेको भन्दै बाचा पुरा गर्ने सबालमा आफु निर्वाचित भएकै दिनबाट लागिसकेको दाबी गरे ।