कांग्रेस प्रदेश सभापति बानियाँले गरे डेरी उद्योगको अवलोकन

0
321

भक्तपुर, १८ माघ/नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित उद्योग, व्यवसायको संरक्षण गर्नुपर्ने बताएका छन् ।

भक्तपुरको खरिपाटीस्थित डेरी उद्योगको बुधबार अवलोकनका क्रममा कृषिमा आधारित उद्योग, व्यवसायलाई सरकारले विशेष सहुलियत दिनुपर्ने बताएका हुन् । उनले कृषिमा आधारित व्यवसायले गाउँसम्म रोजगारी सिर्जना हुने बताए ।

दुग्ध पदार्थको दिगो बजारीकरणबारेमा सभापति बानियाँले जानकारी लिएका छन् । उनले उद्योग सञ्चालनमा हुने कठिनाइलाई सहज गर्न आफ्नोतर्फबाट हुने सबै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

बागमती प्रदेश सभाका सांसद समेत रहेका सभापति बानियाँसँगै प्रदेश सभा सदस्य प्रभात तामाङ, सुरेश श्रेष्ठ र चागुनारायण नगर प्रमुख जीवन खत्रीलगायतले उद्योगको अवलोकन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here