हेटौंडामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुँदै

0
383

हेटौंडा, १७ माघ/बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ को व्यवस्थापनमा उक्त कार्यक्रम हुने भएको हो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम माघ २० गते हेटौंडा-४ स्थित रोयल पार्टी प्यालेसमा बिहानदेखि बेलुकासम्म कार्यक्रम हुने हेटौंडा-४ का वडा अध्यक्ष नविन सिग्देलले जानकारी दिए ।

पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्यक्रम गर्ने र बाहिर २६ वटा स्टल राखेर कार्यक्रम गरिने अध्यक्ष सिग्देलले बताए । अध्यक्ष सिग्देलले प्रदर्शनी तथा कार्यक्रमको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।

शिक्षालाई प्रतिस्पर्धातमक बनाउने गरी गुणस्तर सुधारको काममा लागिएको उनको भनाइ छ । कार्यक्रममा हेटौंडा-४ का निजी तथा सरकारी विद्यालय तथा क्याम्पसको सहभागिता रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here