प्रहरीद्वारा अफिम र गाँजा फडानी

0
233

हेटौंडा, १७ माघ/जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ र कैलाशकाको विभिन्न ठाउँको १३० बिघा क्षेत्रफलमा लगाइएको अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा फडानी गरेको छ ।


नेपाल प्रशरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले माघ १४ गतेदेखि १६ गतेसम्म उक्त क्षेत्रमा लगाइएको अफिम र गााँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।


प्रहरी निरीक्षक सुमन बानियाँ र बलराम श्रेष्ठको कमाण्डमा खटिएको प्रहरीले टोलीले राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ र कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मो अफिम र गाँजा नष्ट गरेको प्रवक्ता कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here