क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

0
277

पोखरा, १७ माघ/नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा मंगलबार भएको केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको हो ।

बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेकोमा उच्च अदालत पाटनले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

पुस २९ गते लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here