बागमतीका नवनियुक्त मन्त्रीहरुले शपथ लिए

0
350

हेटौंडा, ११ माघ/बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बुधबार मात्रै नियुक्त भएका आठ जना मन्त्रीहरुले शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुखको कार्यलयमा भएको एक समारोहकाबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् ।

आज शपथ लिने मन्त्रीहरुमा एमालेका तर्फबाट एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्री र केशब पोख्रेलले पशुपन्छी तथा कृषि मन्त्री रहेका छन् । यस्तै एमालेका तर्फबाट जगन्नाथ थपलियाले यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा शपथ लिइसकेका छन् ।

यसैगरी आज माओवादीबाट युवराज दुलालले भौतिक पुर्वाधार बिकास मन्त्री, कुमारी मोक्तानले सामाजिक विकास मन्त्री र गंगानारायण श्रेष्ठले आन्तरिक मामिला कानुन मन्त्रीका रुपमा शपथ लिएका छन् ।

यस्तै राप्रपाका संसदीय दलका नेता उद्धव थापा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री बनेका छन् । उनले पुस २६ गते नै विना विगायीय मन्त्रीका रुपमा सथप लिएका थिए ।

यसैगरी राप्रपाबाट धादिङका डम्बरबहादुर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्टले वन तथा वातावरण मन्त्रीका रुपमा शपथ लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here