हेटौंडा, १० माघ/मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडाको टिसिएन चौरमा हुने राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पुरा भएको छ ।
आज उद्योग वाणिज्य संघले मेला आयोजना गर्न लागिएको स्थलमा पत्रकार सम्मेलन गर्दै सबै तयारी पुरा भएको जनाएको हो । मेलामा ३ सय ३७ वटा स्टल रहने उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले वताउनुभयो । मेलाको उद्घाटन् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुहुने छ ।
मेलामा होटलका ३०, अटोजोनका १०, बिशेष ६, डुम २ वटा रहेको आयोजकले जनाएको छ । मेलामा प्रदेशका तीन वटा मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाले सहित बिभीन्न निजी क्षेत्रका उद्योगहरुले पनि सहयोग गरेका छन् ।
मेलामा कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायतकाको स्टलहरु रहने उहाँले वताउनुभयो । मेला भोलीबाट सुरु हुने भएको छ ।
१३ दिने मेलामा २ लाख जनाले अवलोकन गर्ने र २० देखि २५ करोड कारोबार हुने आयोजकको अनुमान रहेको छ । महोत्सवमा स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने जानकारी दिइएको छ ।
महोत्सवमा गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रवद्र्धनका लागि हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत रहेको छ ।