प्रदेश खारेजीका लागि राप्रपा नेपालले आन्दोलन गर्ने

0
385

काठमाडौं, १० माघ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रदेश खारेजीका लागि आन्दोलन गर्ने निर्णय गरेको छ।

माघ ९ र १० गते बसेको राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठकले धर्म निरपेक्षताको खारेजीलाई पनि अभियानका रुपमा अघि बढाउने भएको छ।

‘बैठकले आगामी फागुन र चैत महिनामा धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दुराष्ट्र पुनर्स्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारको विरुद्धमा देशव्यापी जनसंघर्ष कार्यक्रम संचालन गर्नेछ,’ राप्रपा नेपालको विज्ञप्तिमा भनिएको छ।

बैठकले पार्टीको महाधिवेशन २०८० साल फागुन ७, ८ र ९ गते काठमाण्डौमा आयोजना गर्ने निर्णय गरेको छ। महाधिवेशन प्रतिनिधि सम्बन्धी विधानको दफा ३९ मा संशोधन गर्ने पनि राप्रपा नेपालले निर्णय गरेको छ।

बैठकले आमचुनावमा हार हुनुको कारण अध्यक्ष कमल थापा ‘सूर्य’ चिन्हबाट लड्नुपर्ने बाध्यता भएको ठहर गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here