मकवानपुर गोल्डकप माघ २९ देखि

0
347

हेटौंडा, ९ माघ/पाँचौँ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप २०७९ प्रतियोगिता यही माघ २९ गतेबाट हुने भएको छ ।

प्रतियोगिताको बारेमा आज हेटौंडामा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको हो । प्रतियोगिता माघ २९ देखि फागुन ११ गतेसम्म हुने आयोजक मकवनपुर फुटबल संघका जिल्ला अध्यक्ष टिक लामाले जानकारी दिए । 

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा ८ वटा ‘ए’ डिभिजन टिमसहित २ वटा विदेशी र २ वटा मोफसलका टिम गरि १२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगितामा आयोजक मकवानपुरसहित ए डिभिजन टिम मछिन्द्र क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री–स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्युरोड टिम एनआरटी, हिमालयन शेर्पा क्लब, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र एभिनियर एफसी क्यामरुनले सहभागिता जनाउँने भएका छन् । 

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई दिइने पुरस्कारको विषयमा टुंगो लाग्न बाँकी रहेको अध्यक्ष लामाले जानकारी दिए । 

यस्तै, विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here