काठमाडौं, ३ माघ/राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन मन्त्रीको नाम टुंग्याएको छ।
सुरुमा सरकार निर्माणका लागि पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको राप्रपा पनि सरकारमा सहभागी हुने भएको छ।
त्यसका लागि सोमबार साँझ बसेको सत्ता साझेदार दलहरुको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको थियो। उक्त भागबण्डा टुंगिएसँगै राप्रपाले पनि सरकारमा आफ्नो पार्टीबाट सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याएको हो।
राप्रपाको भागमा तीन मन्त्रीसहित एक राज्यमन्त्री परेको छ। जसमा उपप्रधानसहित उर्जा मन्त्रालय पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई, सहरी विकास मन्त्रालय ध्रुवबहादुर प्रधानलाई, युवा तथा खेलकुद धवल शमशेर वा विक्रम पाण्डेमध्ये एक जना र राज्यमन्त्री दिपकबहादुर सिंहलाई दिइने टुंगो लागेको छ।