आज बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिदैं

0
468

हेटौंडा, ३ माघ/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिदैछन् ।

मूख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यस अगावै उनले विश्वास मत लिने भएका छन् । आज विश्वासको मत लिनेबारे यसअघि नै प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकिएको छ ।

मूख्यमन्त्री नियुक्त हुँदा सानो आकारको मन्त्रीमण्डल गठन गरेका उनले आज विश्वासको मत लिने र त्यसपछि मन्त्रीमण्डल विस्तारको रणनीति लिएका छन् । जम्कट्टेल नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

आज दिउँसो १२:३० बजे बोलाईएको बागमती प्रदेशको प्रदेशसभा बैठकमा सत्तापक्षीय समर्थनमा एमालेको २७, माओवादी २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७ र नेपाली पार्टीको २ सांसद गरी ७० सांसद रहेका छन् ।

११० सांसद रहेको प्रदेशसभामा जम्कट्टेललाई विश्वासको मत पाउन ५६ सांसद भए पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here