मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी

0
210

काठमाडौं, १ माघ/बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक जारी छ । आज बिहान पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएपछि आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको हो ।

मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रुममा पुगेर विमान दुर्घटनापछिको उद्धारको अवस्थाको बारेमा जानकारी लिएका थिए । 

आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यतिको एटिआर ७२ विमान कास्कीको नयाँगाउँमा दुर्घटना भएको हो । विमानमा चार चालक दलका सदस्यसहित कुल ७२ जना सवारी थिए । जसमध्ये १५ जना विदेशी नागरिक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here