१८ दिनदेखि बेपत्ता बालककाे शव माटाेमुनि गाडेकाे अवस्थामा फेला

कैलाली,३० पुस/१८ दिनदेखि बेपत्ता डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव माटोमुनि गाडेको अवस्थामा फेला परेको छ । प्रहरीले शङ्कास्पदस्थल उत्खनन गरेर बालकको शव निकालेको हो ।

बोहरा गत १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले समेत उनी हराएको भन्दै प्रहरीलाई समेत जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएका पछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

बालकका बुबा रोजगारीका लागि घर बाहिर छन्। घरमा आमा, सौतेनी आमा र एक जना उनका दाइ छन्। घर परिवारबाटै उनको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले दुवै आमालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडुले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here