बागमती प्रदेशको उपसभामुखमा तीन जनाको उम्मेदवारी

0
422

हेटौँडा,३० पुस/बागमती प्रदेशको उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी अप्सरा चापागाईँ, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दिएका छन् ।

बागमती प्रदेश सचिवालयका अनुसार उपसभामुखको लागि सत्ता गठबन्धनको तर्फबाट एमालेकी चापागाईं, कांग्रेसकी परियार तथा नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

चापागाईलाई कुमारी मोक्तानले प्रस्ताव गर्दा आशा लामा समर्थक, परियारको प्रस्तावकमा उत्तम जोशी तथा समर्थकमा यान्किला शेर्पा रहेका छन् । त्यसैगरी काफ्लेको प्रस्वावकमा सुरेन्द्रराज गोसाई तथा समर्थकमा सृजना सायजू रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here