वागमतीका नवनिर्वाचित सभामुख पाठकले लिए पद तथा गोपनियताको सपथ

0
260

हेटौंडा, २९ पुस/वागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवन कुमार पाठकले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। शुक्रवार उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ गराएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय महामन्त्री समेत रहेका पाठक ६२ मत ल्याउँदै विजयी भएका थिए। पाठकलाई सत्ता गठबन्धनका नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)को समर्थन रहेको थियो।

सभामुख पाठकले आज नै पदभार ग्रहण गर्नेछन् भने आज दिउँसो उनको अध्यक्षतामा प्रदेश सभाको बैठक संचालन हुनेछ। उक्त बैठकले प्रदेशसभाको उपसभामुखको निर्वाचन मिति तथा प्रक्रिया तोक्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here